Tuesday, December 8, 2020

Happy BirthDay 🎂


'Hello ...?'
'हजुर, कृपा जि बोल्दै हुनुहुन्छ ?'
'हजुर ।'
' म Daraz.comबाट सुजन बोल्दै छु। हजुरको नाममा पार्सल आएको छ। हजुर कहाँ हुनुहुन्छ अहिले ?'
'हजुर, मैले त केही अर्डर गरेको छैन त ?'
' उम्म्, हजुर कृपा कार्की बोल्दै हुनुहुन्छ, बिराटचोकबाट होइन त ?'
'हजुर, हो।'
'नाम र एड्रेस, कोइन्सिडेन्स् भए  पनि कन्ट्याक्ट्  नम्बर त सायदै नहोला। हजुरले अर्डर नगर्नु भएको भए, हजुरका कोहि कलिग या सिब्लिङ्स् कसैले हजुरको लागि अर्डर गरिदिनुभएको हुन सक्छ नी ।'
'Umm, Okay. तपाई कहाँ हुनुहुन्छ अहिले ? यहाँ आइपुग्न कति Time लाग्छ ?'
'इटहरी छु। आधा घन्टासम्ममा आइपुग्छु। बरु मिल्छ भने हजुर highway तिर निस्किनुस् न है।'
'अँ, म यतै छु। सारङ्गी FM आइपुगेर कल गर्नुस् न।'
'हुन्छ।'

वाह, मेरो आइडियाले काम गर्ला जस्तो छ। मेरो आइडिया, यानिकी थाहै नदिइ उसलाई भेट्ने मेरो कोशिश। देखादेख त पहिला पनि नभएको होइन, hi/hello पनि भएकै हुन्थ्यो तर Date... भन्नी नहालौँ, preplanned meet  चाहिँ सायद पहिलो पटक।

कास, उसले पनि पनि मलाई मस्तिष्कभरि सोच्दी हो ! मनभरि सजाउँदी हो! सपनिमा देख्दी हो! अनि विपनिमा खोज्दी हो !

समय त मानसिक सोच बाहेक एक भ्रम मात्र न हो। तीस मिनेट त तीस सेकेन्डमै बित्यो। त्यहाँ आइपुग्दासम्मको Ride, अहँ काँही-कतै कुनै मोड याद छैन। कसरी होस्, मन-मस्तिष्कमा तिमी नै छताछुल्ल छौ। त्यसैले त अर्धचेतन मनको स्वनियंत्रित ज्ञानेन्द्रियको भरमा सारङ्गी FM अगाडि बाइक पार्क गर्न पुगेँ।

मोबाइलको Screenमा औंलाहरु तिम्रो नम्बर Dial गर्न सल्बलाए। Ringing toneमा भन्दा ज्यादा त मेरो मनमा घण्टी बज्यो। त्यो म अगाडिकै गेटबाट तिमी आउछौ भनी मेरा नजर तिम्लाई स्वागत गर्न  सिढीसम्म पुगे।
फोन उठ्यो।
"हजुर, आइपुग्नु भयो?"
"हजुर, ट्याकै गेट बाहिर छु।"
"ए, अब त्यहाँबाट दुई किलोमिटर माथी आउनुस् न, म बाटोमै हुन्छु।"

.

.
फोन कट्यो।

स्वागतमा तम्तयार बसेका नयनहरु बिरक्तिए।

फेरि इन्जिन स्टार्ट गरेँ र हुइँकिएँ। थोरै बेरपछि बाटो छेउमा उसकै जस्तो आकृति देखेँ र अलि वरै रोक्किएंँ। सायद उसले मलाई देखि या संयोगबस् मेरो मोबाइलमा उसैको नामको कलिङ डिस्प्ले भयो। फोन उठाएँ।

"हजुर कहाँ आइपुग्नु भयो?"

"एउटा स्कुल अगाडि छु।"

"ए, मैले देखेँ क्यार हजुरलाई।"

अघि देखिएको आकृति वास्तविकतामा परिणत भयो।
उहीँ रुप, उहीँ रङ्ग, उहीँ स्वभाव, उहीँ लचकता........!

हेल्मेट थियो, त्यसैले त नजिकै आइपुग्दा पनि उसका आँखाले अपरिचितलाई झैँ नजर डुलाईरह्यो ।

मसँग एउटा सनो झोला थियो।
"Happy Birthday Luri."
यत्ती भनेर त्यो झोला उसकै जिम्मा लगाएँ।

त्यो झोलामा के छ भन्दा पनि मेरो वाक्य र म को हुँ भन्नेमा उसको बढी ध्यान थियो। मैले हेल्मेट फुकालेँ। उसका ती गालजु नयनसँगै हलुका लाली पोतिएको ओठमा प्रेमिल मुस्कानको लर्को लाग्यो।

"तिमी पो ...!"
"हजुर" सायद मेरो आवाजमा थोरै मुस्कान मिसिएको हुँदो हो।
"गज्जबको Surprise दियौ नि तिम्ले। कसरी थाहा पायौ मेरो Birthday आजै हो भनेर ?"
"हेहे।"

.

.

.

भन्न त धेरै मनमा थियो। तर जिन्दगी पनि त पुरै बाँकी छ। जिन्दगीभर छेवैमा बसेर तितामिठा बात मारम्ला नि हुन्न ?

थोरै कुरा, थोरै मुस्कान, थोरै सहजता, थोरै असहजता अनि अल्लि धेरै मनभित्रको खुल्दुली पछि उ फर्किने कुरा गरि।सँगै  बसेर मनका बह पोख्दै कफी पिउन उदारो नै रह्यो, सायद अर्को भेटलाई बाटो राखेकी होलि...। म पनि फर्केँ।

साँझ उसको InstaStory थियो, "What A Lovely Gift ! Thank You ." अनि पछाडी ब्याकग्राउन्डमा त्यै सानो झोला भित्रको किताब।


#Dedicated 


Thursday, September 17, 2020

म र मेरो प्रेम

 









उत्तरमा सधैं डटिरहने,

त्यो हिमाल म हुँ,

अनि,

ती निश्चल-कोमल हिमनदी,

मेरा प्रेम-धारा ।

जति-जति बढ्छ खडेरी,

उत्तिकै बढ्छन् यसका,

मुहान सारा ।


-by sUSHIL sUBEDI

Wednesday, September 2, 2020

कोरोना कहर


सरकार ?
मलाई भोक लागेको छ।
गरि खान
यी
बलिया पाखुरा हुँदा हुँदै,
तिम्रै
आदेशको शोक लागेको छ।
मर्नु त एकदिन छदैछ,
तर,
मर्म कै डरले आज,
मानसिक रोग लागेको छ।


Tuesday, August 11, 2020

जिन्दगीहरु ...

 

संस्कारको उपमा दिँदै
पिताजीद्वारा बन्दी भएका
कलिला रहरहरु...

परम्परा र अनुशासनको आडमा
समाजले धर्मराइदिएका
अबोध इच्छाहरु ...

जिम्मेवारीका नाममा थोपारिइएका
प्रिय पतिका
आफ्नै सपनाहरु ...

कहिल्यै नफुक्नेगरी जेलिएका
कर्मका अनन्त लहराहरु ...

जिन्दगी त मेरो आफ्नै थियो
हर पल तड्पिएँ जिउनकै लागी,
तर
भाग्यका बहानामा ठगीदै आएका
निर्दोष जिन्दगीहरु ...

❤️❤️❤️

🖋️Sushil Subedi

Thursday, July 30, 2020

THE FRIDAY EVENING




दरबारमार्ग अफिस सकिएपछि प्रायः म लैनचौरसम्म पैदल आएर गाडी चढ्ने गर्थें । तर आज शुक्रबारीय साँझ अफिसका एक हितैषी मित्र जो नागपोखरी हुँदै ज्ञानेश्वरतिर जान्थे, उनिपनी "आज चिसो खाँउ " भन्दै जमलतिर जान चाहे। जमलबाट गाडी चढ्दा मलाई लैनचौरबाटभन्दा आधा घन्टा जति ढिलो हुन्थ्यो तर मित्रको मन मार्न चाहिन ।

साँझ सात बजेतिरको दरबारमार्गको रनक नियाल्दै हामी जमल पुग्यौं । ठ्याक्कै त्रिचन्द्र कलेजको पुस्ताकालयको बिपरित जस्तो पर्ने क्याफे छिर्यौ। चिसो मगाँयौ। चिसोको घुट्कोसँगै गफको मुढ्को जल्न थाल्यो।सुरुसुरुमा केही फर्मल गफ त्यसपछि स्टाफका आनीबानी । म्यानेजर यस्तो, म्यानेजर तेस्तो। यसले म्यानेजरलाई पोल लाउदो रैछ । फलानो सेक्टरको म्यामले ढिस्कानो सेक्टरको सरलाई खुब ताकेको रैछ। यस्तै फजुल गफको भरमा झन्डै घन्टा बित्यो ।
अब गाडी पाउने सम्भाव्यता कम भएको जानकारी गर्दै त्यहाँबाट निस्कने भयौं । मैले मेरो भागको खर्च तिर्न खोज्दा पनि मित्रले अर्को पाली सबै खर्च बेहोर्न भन्दै यश पटकको खर्च आफै बेहोरे ।

दुई-चार वटा गाडी छाडिसक्दा पनि अझै भिड नघटेकाले मित्र पैदल नै जाने अठोट गरे र आफ्नो बाटो तताए। आफ्नो त गाडी कुर्न बाहेक अर्को विकल्पै थिएन ।

केही समयपछि, बालाजु तारकेश्वर यातायात रुट नं. २३/८ को सवारी भयो। जमलमा प्राय सबै यात्रु ओर्लन्थे। जमलबाट चढ्ने हामी २/४ जना मत्र थियौं त्यसैले सिट रोजिछाडि थियो।मैले ड्राइभर पट्टिको पाँचौ सिटको झ्यालपट्टि रोजेँ । हुन त अगाडिकै सिट पनि खाली नै थिए तर ती वृद्ध, अपांग, महिलाहरुका लागि सुरक्षित थिए। खालि गाडी टुंडिखेललाई एक फन्को लगाएर आरएनएसि पुग्यो। असलमा गाडी कुरेर बस्ने त त्यहाँ थिए । ठेलमठेल, घचेटमचेट गर्दै गाडी भरिन त २ मिनेट पनि लागेन होला । तर यतिन्जेलसम्म मेरो छेउको सिट भने कसैको प्रतीक्षामा थियो ।

कलेजको ड्रेसभित्र सुकेको ज्यान, केहि लामो खुल्ला छाडिएको बादलजस्तो कालो केश, गुलाफी ओठमाथी थोरै लाली, मृगनयनी आँखामा पोतिएको गाजल, गालामाथी दिनभरीको गर्मीले पनि नबिग्रेको हल्का मेकअप, अनि मेरो बगलको खाली सिट !!!

मलाई थाहा थियो, मेरो सिटले प्रतीक्षा गरेको व्यक्ति त्यही थियो भनेर। तर अफसोच - 
"एक्सक्युज् मि !", म भित्तापट्टी बस्छु न।"
उसको रिक्वेट्लाई मेरो इगोले टेरेन। मैले उसको आँखामा हेरेँ।
"प्लिज". उसले थपी।
इगोलाई पुरुषत्वले जित्यो। खाली गाडीमा रोजेर बसेको सिट छाड्न बाहेक अर्को विकल्प भएन। म उठेँ। उ भित्तापट्टी बसि। अलिकती खुलेको खिड्किलाई मुर्तरुप दिई। म छेउपट्टि बसेँ।
यतिन्जेलमा तारकेश्वर यातायातले वीर हस्पिटल भर्खर कटेको थियो। पानी झर्रर पर्न थाल्यो। असोज लाग्न केही दिन मात्र बाँकी तर मौसम भने साउनको झैँ ।

साँझपख, गाडी आफ्नै गतिमा, वर्षा आफ्नै मतिमा, बगलमा एउटि सुन्दरी, यता म एउटा सुकुमार..... गाडीको रेडियोमा 'गलबन्दी च्यातियो, तिम्ले तानेर ...'को भाका, अनि झ्याल बाहिरबाट चिसो सिरेटोको झोँका । आहा ! के चाहियो र ?? बस अब आँखामा आँखा जुधेर थोरै मुस्कुराउन बाँकी थियो, मेरो काँधमा उसको निधार राखेर केहिबेर सुस्ताउन बाँकी थियो । 

लैनचौर आइपुगिएछ। "बालाजु, बसपार्क, बाइपास" भन्दै गुडिरहेको गाडीको ढोकामा उभिएर खुट्टोले भुइँ घिसार्दा, त्यै फ्रीक्सनबाट गाडी रोकुँला झैँ गर्ने त्यो खलासी आज भने ढोकाको दुई खुट्किलो माथिबाटै चिच्याउदै थियो।
घन्टौंबाट पानीको प्रवाह नगरी, गाडी कुरिरहेका राजधानी बासी हाँप र झाँप गर्दै गाडी चढ्न थाले। मानौँ उनीहरुले गाडी जिन्दगीमा पहिलोपटक देखेका हुन् । पहिलो पटक चढेका हुन्। यर बाध्यता !!?? त्यसैले त नअटि-नअटि पनि अटि रहेछन्। अटि-अटि पनि नअटि रहेछ्न्।

कसैको भिजेको छाताबाट चुहिएको चिसो पानी, कसैको भिजेको कपालबाट त कसैको भिजेको कपडाबाट चुहिने पानी। अनि त्योसँगैको चिसो दुर्गन्ध, जो राजधानी बासीलाई प्रत्यक्ष प्रतिनिधित्व गर्छ। उफ् ! मेरो देशको सङ्क्रमण्काल कहिलेसम्म हो। धन्न मेरो छेउमा उनी छिन् र सबै सङ्क्रमण निस्तेज भएका छन्। त्यसैले त म स्वस्थ भएर उसैको सुन्दरतामा पौडिदै छु।

उसँग यति नजिक बसेर पनि एक शब्द बोल्न सक्या हैन। उसको नामशुद्ध सोध्न सक्या छैन। 

बेला-बेला उ मतिर हेरेर मुस्कुराउँछे। अनि प्रतिउत्तरमा म पनि मुस्कुराईदिन्छु। मुस्कानबाटै संवाद भै रहेथ्यो हाम्रो। मुस्कानमै व्यप्त भैरहेथे भावना। मुस्कुराउँदा गालामा पर्ने डिम्पल, अनि कालो फ्रेमको गोलाकार चस्माभित्रका गाजलु आँखा, यत्ती काफी थियो मलाई मोहित पार्न।

उस्ले ब्यागबाट आफ्नो मोबाइल निकाली, कसैको फोन आएको हुनपर्छ, सायद भाइब्रेट मोडमा थियो र उसले मात्र थाहा पाई। निकालेर फोने रिसिभ गर्न नपाउदै कट्यो। कल ब्याक गरि। मेरो ध्यान उसको RedMIको स्क्रिनमा अनि उसको भने मतिर। नत्र किन उसलाई मिसकल गर्ने उसको साथिको कन्ट्याक्ट् नेममा मैले 'चड्डी' पढेको थाहा पाए पछि लजाउनु पर्थ्यो र ? 'चड्डी' पढेपछि मलाई नि हाँस उठ्यो अनि थाहा नपाए झैँ गरि अन्तै हेरेँ, उसले थाहा पाएझैँ गरेर अन्तै हेरि ।

अनि एकछिन पछि मोबाइल डाटा अन गरि, फेसबुक खोली, कसैले ट्याग गरेको थियो सायद, अफ्नो बाल खोली।
'वर्षा शर्मा' - उसको नाउँ रैछ।

कसैले उसको बर्थडे विस गर्न लेट भएकाले माफी सहितको शुभकामना पोस्ट्याएको थियो। सायद पुरानो प्रेमी हुदो हो। नजाँनिदो प्रेम पनी दलेर पोस्ट्याएछ। तर उसले रिप्लाईमा 'थ्याङ्यु' मात्र ठेलिदिई। उसले औपचारिकता पूरा गरि। आहा! जे गरि मेरालागि त ठिकै गरि ।

आफ्नै सुरमा गुडिरहेको गाडीमा अचानक ब्रेक लाग्यो।सोह्रखुट्टेको ओरालोमा सायद जाम पर्यो। उभिएका सबै यात्री हुत्तिएर  दुई फिट अगाडि पुगे। उ पनि हुत्तिई। जसको कारणले मेरो दाहिने पाखुरो समाई। मैले आँफुले आँफैलाई सम्हाले, उसका अगाडि पुरुषत्व जो देखाउनु थ्यो।

अप्रत्याशित ब्रेक लाग्नुको प्रतिक्रिया लगत्तै उसले मेरो अनुहारमा हेरि, मेरो त नजर अगाडिबाटै उसमा थियो। आँखाकै इसाराले "कात्ति हेरेको हँ ?" भनेर सोधे झैँ लाग्यो। अनि मैले " तिमी राम्री छौ नि त।" भनेर छोटो उत्तर आँखाकै इसाराले व्यक्त गरेँ। सायद उसले बुझिँ क्यार। " धत् पागल" भन्ने इसारा गर्दै नजर अन्तै डुलाई ।

सोह्रखुट्टे स्ट्यान्डमा पुगेपछि मान्छेको अझै ओइरो लाग्न थाल्यो। गाडीबाट ओर्लनेभन्दा चढ्नेको सङ्ख्या दोब्बर, त्यसमाथि गाडी पहिल्यैबाट भरिभराउ । यै बहानामा सोधेँ,
" हजुर कहाँसम्म ?" 
"शेष्मती ।" उसको जवाफ ।
उसले पनि 'हजुर कहाँसम्म ?' भनेर सोधिदिए हुन्थ्यो नि। अहँ उसले जरुरी ठानिन। मैले पनि केही सोध्न चाहिन।

माछपोखरी पुगेपछि गाडी निकैबेर रोक्यो। खचाखच यात्रुहरु धमाधम ओर्लन थाले। यहि बेलामा उसले सोधी "म छेउपट्टी बसम् ? भरे झर्न सजिलो हुन्छ।" म उठेँ। यो रुटमा प्राय यस्तो चलन नै थ्यो। सबैले त्यसै गर्थे।

यहि मौकामा सोधेँ - "हैन, कुन कलेज हो ? यत्तिरातीसम्म पढाई हुने ?" उसले मतिर हेरि र एक्कैछिन नियाली। सायद उसले यो प्रश्न अपेक्षा गरेकी नहुदी हो। भनी " हैन। जवबाट ।"
" बिहान कलेजबाट डाइरेक्ट जव ?"
"अँ"
"केमा जव गर्छौ ?"
सायद मेरो 'तिमी' सम्बोधनले होला फेरि एक पटक मेरो अनुहारको दर्शन गरेपछि " ट्राभल एजेन्सी" उत्तर दिई।
कुरो त अझै धेरै गर्न मन थियो तर उसले अन्तर्वार्ता भन्ठान्छे कि भनेर सोधिँन।

एकछिन सन्नठा छायो हाम्रो बीच । मैले झल्यास सम्झिँए। मेरो HUAWEI निकाँले। डाटा थोरै रैछ। फेसबुक लाइट खोलेँ र उसको युजर् नेम सर्च गर्न थालेँ। अहँ, त्यो अगिको प्रोफाइल पिक्चर भएको कुनै अकाउन्ट नै भेटिनँ। मेरो सिक्स्थ सेन्सले उ मुस्कुराएको सुचना मेरो दिमागमा सम्प्रेषण गर्यो। हेरेँ। सुचना सहि थियो। सायद मेरो असफलताको मलिन अनुहार देखेर होला आफ्नो मुस्कुराहट थोरै घटाई अनि " स्पेलिङ्ग मिस्टेक छ " भनी । मैले मेरो सेलफोन उसैको हातमा थमाई दिएँ। उसैले आफ्नो आईडी भेटी र एड् गरि। म पनि ढुक्क। उसले मेरो फोन रिटर्न गर्नको सट्टा च्याट बक्समा पो गई ! र स्क्रोल गर्न थाली। म तीन छक्क !!!!!!!

उसको हातैबाट मेरो फोन खोसेँ। उसले आफ्ना आँखाको क्षेत्रफल बढाउदै हेरि निकैबेर, सायद ममा प्रभुत्व जमाउन खोजेकि हुदिँ हो। मैले ध्यान नदिएझै गरेँ।

केहिबेर न्युजफिड स्क्रोलिङ्ग गरेपछि च्याट बक्समा छिरेँ, अनि उसको मुखारबिन्द्र हेरेँ। उसका आँखा मेरो फोनको स्क्रिनमा व्यस्त थिए । त्यतिकैमा उसको गन्तव्यस्थल आइपुग्यो। कत्ती चाडो !!! अझै केहिबेर सँगै यात्रा गर्न मन थ्यो। कुनैबेला लङ्ग ड्राइभमा जाउँला भनेर आफ्नो मनलाई थुम्थुम्याएँ।

उ बिस्तारै ढिला गरेर उठि। मतिर हेरि र भनी " बाइ। " 
मैले पनि मुस्कुराएर हात हल्लाएँ। चाडैं भेट्ने अबगत गर्दै उ कतै विलय भइ अनि म कतै बिलाएँ।
😍😍😍

🖋️Sushil Subedi