Friday, November 19, 2021

जिन्दगी यस्तो

न घाम, न छाया,
न रङ्ग, न बिरङ्ग,
न गोरेटो, न गन्तव्य,
जिन्दगी यस्तो कि
कुइरोमा रुमल्लिएको काग जस्तो
बिच मदिना तैरिरहने डुङ्गा जस्तो
खै कस्तो कस्तो
मिलेर पनि केही नमिले जस्तो
पाएर पनि केही गुमाए जस्तो
भएर पनि नभए जस्तो
यस्तो,
जल्दै गरेको चितामा जीवन फर्की आए जस्तो ।

Monday, August 2, 2021

हाय प्यार ... !!


इंतज़ार होस्
उसैको,
जस्लाई,
म हुनु, न नहुनुमा,
उसकै प्रतीक्षा गरिरहनुमा,
उसकै लागि बाँचिरहनुमा,
कुनै प्रवाह छैन।
कुनै मतलब छैन ।
हाय प्यार ... !!

Saturday, June 12, 2021

पर्यटनको खेती ...!







हिमालका जरा रसाएर,
बगेको,
अमृतको एक-एक बुँद,
सारा मरुजनहरुलाई चखाईदिउँ ।

हिमालको खाजा,
अनि, पहाडको खानापछी,
धनगढीको,
'लु'मा सेकाईदिउँ।

झापामा धानका बाला झैँ झुलाईदिउँ,
चितवनमा गैंडामै गुडाईदिउँ,
दोधाराको झोलुङ्गोमा झुलाईदिउँ,
बर्दियाको बाघमै चढाईदिउँ,
देउडामा दौडाइदिउँ,
सोरठी र मारुनी नचाईदिउँ,
रोदिमा रत्याईदिउँ,
हाक्पारेमा हर्षाईदिउँ,

हिमालमा मात्र हैन साथी,
पशुपति र लुम्बिनी मात्र किन ?
पोखरा त पुरानै भयो।

अब,
गढिमाईमा गुढिदिउँ,
जनकपुरलाई जगाईदिउँ,
ओलाङ्चुङगोलामा उक्लिदिउँ,
रुबिमा रमाईदिउँ,
डोल्पामा काइके मै डोलाईदिउँ,
अपि र सैपालमा सुस्तादिउँ,

गरे,
सुन फल्छ साथी,
आउ,
सँगै मिलि,
ती पखेराहरुमा सुनै फूलाईदिउँ।
ती पाखाहरुमा सुनै फलाईदिउँ।।

Thursday, June 10, 2021

...अनि मुस्कुराउ











अतृप्त, अपूर्ण,
जीर्ण, सङ्कृर्ण
प्यासा यी मनहरु,
भोलिको खोजीमा,
समयको भुमरीमा,
आफैँलाई भुलेर, दुनियाँ खोज्दै,
कहाँसम्म हो भाग्ने,
कहाँसम्म लखेटिने,
त्यो,
सुदुर भविष्यको डरले,
सुनौलो आजलाई भुलेर,
कल्पनामा,
कहिलेसम्म हो बाँच्ने,
कहिलेसम्म हो कृत्रिम हास्ने,
यदि,
आज, हिजो हुन सक्छ भने,
आज, भोलि किन हुन सक्दैन,
हे मुर्ख,
भ्रममा छौ तिमी यी शब्दहरुको,
यी गन्तव्यहरुको,
तिम्रो अन्तिम यात्रा त, तिमी आफैँसम्मको हो,
जो सधैँ तिमीसँगै छ,
पख एक छिन,
रोक,
र आफैँलाई हेर,
अनि मुस्कुराउ...!!!


Friday, April 23, 2021

ए हावा...!













ए हावा,
तँ त उनकै छेउ भएर बहन्छ्स् नि,
सुनाईदे न उनलाई,
कि
कोहि छ
उनको पनि यो संसारमा,
जो उनलाई
यत्तिका हदसम्म प्यार गर्छ।

Sunday, April 18, 2021

घाउ प्रेमको ...!

 













सङ्क्रमण होउ
मेरो मुटुमा

लाइदेउ घाउ प्रेमको
जो
निको नहोस् कहिल्यै,

दुखोस् सुस्तरी
तबसम्म
जबसम्म तिम्रो हृदयको कोमलतालाई स्पर्श गर्दैन यो घाउले,
जबसम्म तिम्रो प्रेमिल मल्हमको आभास गर्दैन यो घाउले।

Tuesday, March 16, 2021

बिचरा म

 









बिचरा म
मेरो के दोष
पापी त यो मन रहेछ,
अनायासै ,
जो-कोहिलाई मन, पराइदिन्छ।

काली होस् , या गोरि होस्,
अग्लि होस्,या पातली होस्,
यी
नजरले देखिदिन्छ,
मस्तिष्कले सोचिदिन्छ,
अनि मन,
यो मनले पनि मन पराइदिन्छ,
बिचरा म
मेरो के दोष
पापी त यो मन रहेछ,
अनायासै ,
जो-कोहिलाई मन, पराइदिन्छ।

रुपवाली होस्, या गुणवाली होस्,
मनवाली होस्, या धनवाली होस्,
यी
नजरले देखिदिन्छ,
मस्तिष्कले सोचिदिन्छ,
अनि मन,
यो मनले पनि मन पराइदिन्छ,
बिचरा म
मेरो के दोष
पापी त यो मन रहेछ,
अनायासै ,
जो-कोहिलाई मन, पराइदिन्छ।

कलेजमा बस्दा होस्, या क्याफेमा पस्दा होस्,
मन्दिरमा छिर्दा होस्, या तक्दिरलाई  पिर्दा होस्,
यी
नजरले देखिदिन्छ,
मस्तिष्कले सोचिदिन्छ,
अनि मन,
यो मनले पनि मन पराइदिन्छ,
बिचरा म
मेरो के दोष
पापी त यो मन रहेछ,
अनायासै ,
जो-कोहिलाई मन, पराइदिन्छ।


Monday, March 8, 2021

इतिहास रचेरै मर्ने हो......!
















.
.
.
मर्नु त एकदिन छदैछ भने,
इतिहास सारा रचेरै मर्ने हो,
गर्नु त एकदिन छदैछ भने,
पाखुरा दह्रा बनाई गर्ने हो ।
.
.
.

आमा ...!!

त्यो प्रेमिल,
स्वर्णगिरिको शिखरबाट,
चन्द्रमा टिपि,
तिम्रै चुल्ठो सजाइदिउँला,
सुर्जे टिपि,
फुलिमा उनिदिउँला,
ती सारा-सुनौला ताराहरुलाई,
तिम्रै सिँगारका खातिर खटाउँला,
बरु, सारा ब्रह्माण्डै रित्तिजाओस्,
सारा जगतैमा अन्धकार छाओस्,
म त स्वार्थी,
दुनियाँको के को मतलब,
मेरो दुनियाँ जो तिमी नै त हौ,
प्रिय-आमा ....!!

Thursday, February 18, 2021

किन ...?


 









कसरी थाहा हुन्छ हँ ?
त्यो लज्जावतिलाई साझँ परेको ...
कसरी थाहा हुन्छ हँ ?
त्यो शिरीषको डाली-डालीलाई साझँ परेको ...
अँ, साच्चै ..?
साँझ पर्छ किन ?
विज्ञानका ज्ञाताले जवाफ देलान्...
पृथ्वी घुम्छ । त्यसैले ...
यदि,
यदि त्यस्तो हो भने ...?
हर-साँझ उनकै यादले सताउँछ किन .........?