जहाँ पुगेपनी पछ्याईरहने, पाईला बनिदिनु तिमी।
मज्नु मै बनुँला, प्रिय लैला बनिदिनु तिमी।।
पुग्नु छ धेरै टाढा, क्षितिजको पारीसम्म ।
त्यसैले त, जहाँ पुगेपनी पछ्याईरहने, पाईला बनिदिनु तिमी।
मज्नु मै बनुँला, प्रिय लैला बनिदिनु तिमी।।
अतृप्त, अपूर्ण, जीर्ण, सङ्कृर्ण,प्यासा यी मनहरु....
जहाँ पुगेपनी पछ्याईरहने, पाईला बनिदिनु तिमी।
मज्नु मै बनुँला, प्रिय लैला बनिदिनु तिमी।।
पुग्नु छ धेरै टाढा, क्षितिजको पारीसम्म ।
त्यसैले त, जहाँ पुगेपनी पछ्याईरहने, पाईला बनिदिनु तिमी।
मज्नु मै बनुँला, प्रिय लैला बनिदिनु तिमी।।
सबैले सागरको गहिराईबाट प्रेमपत्र लेखे,
सबैले आकाशको विशालता मात्र देखे,
यदि,
देख्दाहुन् त आकाशको गहिराई, सागर एक बूँदमै अटाउँदो हो।
लेख्दाहुन् त सागरको सिमितता, ब्रह्माण्ड एक बिन्दुमै हराउँदो हो।
प्रेमीहरु चतुर छन्,
ब्रह्माण्डभन्दा विशाल आफ्नो प्रेम, किन एक बिन्दुमा समेटुन् ।
भिन्न भिन्न सुदुर गन्तव्यका पदयात्रीहरुझैँ,
केही समय सँगै यात्रा गर्न आइपुगेका सहयात्री न हौँ हामी, साथि,
जसरी पोखरा धुमेर छुट्टिन्छ्न्,
अन्नपूर्ण, धौलागिरी जाने पथयात्रीहरु,
त्यसरी नै आफ्नो गोरेटो मोडिएपछी मोडिनै पर्यो सथी ,
म कतै निर्जन परायहरुको माझमा,
तिमी कतै वासनाका मुर्तिहरुको साथमा,
आफ्नो आफ्नो गन्तव्य पछ्याउँदै ,
जिन्दगीको कुनै घुम्ती फेरि सँगै मोडिएछभने,
त्यै मोडको चौतारामा,
हैनभने मसानघाटका दोभानामा ,
हाम्रो भेट पक्कै हुनेछ साथी,
त्यतिन्जेलका लागी मिठो सम्झना ...✏️
म भविष्य खोज्दै, बर्तमन भुलेर,
सुन खोज्दै हिरालाई नचिनेर
आफैँबाट टाढा, आफैँलाई खोज्दै
लाग्छ म हराइरहेछु ,
भौतारीदैँ, खोज्दैँ
लड्दै उठ्दै, फेरि लड्दै
थाहा छैन, गन्तव्य कहाँ हो?
थाहा छैन, गोरेटो कुन हो ?
पुग्नु कहाँ, कसरी ?
अतितको उल्झनमा, समय ब्यतित गर्दै,
हराउँदै खोज्दै, कहाँसम्म हो भाग्ने ?
यो भागम्भाग, डौडाडौड ,
नियतिको खेल कि निर्णयको ?
जती टाढा भागेपनी आफैँबाट भागिन्छ र?
Janmadinko shubhakamana timilai,
Audodinko shubhakamana timilai,
Asim gantabyako, Yatra jindagiko,
Sahayatrako shubhakamana timilai.
समयको वेग भनौं या पिरतीको खेल,
जिन्दगीको वेग भनौं या आत्मियताको मेल,
मानौँ असिम ब्रह्माण्डको सिमितताभन्दा निकै पर,
जादुमय तिलश्मी प्रकाश झैं, सहयात्राको प्रेमिल भेल।
न घाम, न छाया,
न रङ्ग, न बिरङ्ग,
न गोरेटो, न गन्तव्य,
जिन्दगी यस्तो कि
कुइरोमा रुमल्लिएको काग जस्तो
बिच मदिना तैरिरहने डुङ्गा जस्तो
खै कस्तो कस्तो
मिलेर पनि केही नमिले जस्तो
पाएर पनि केही गुमाए जस्तो
भएर पनि नभए जस्तो
यस्तो,
जल्दै गरेको चितामा जीवन फर्की आए जस्तो ।
हिमालका जरा रसाएर,
बगेको,
अमृतको एक-एक बुँद,
सारा मरुजनहरुलाई चखाईदिउँ ।
हिमालको खाजा,
अनि, पहाडको खानापछी,
धनगढीको,
'लु'मा सेकाईदिउँ।
झापामा धानका बाला झैँ झुलाईदिउँ,
चितवनमा गैंडामै गुडाईदिउँ,
दोधाराको झोलुङ्गोमा झुलाईदिउँ,
बर्दियाको बाघमै चढाईदिउँ,
देउडामा दौडाइदिउँ,
सोरठी र मारुनी नचाईदिउँ,
रोदिमा रत्याईदिउँ,
हाक्पारेमा हर्षाईदिउँ,
हिमालमा मात्र हैन साथी,
पशुपति र लुम्बिनी मात्र किन ?
पोखरा त पुरानै भयो।
अब,
गढिमाईमा गुढिदिउँ,
जनकपुरलाई जगाईदिउँ,
ओलाङ्चुङगोलामा उक्लिदिउँ,
रुबिमा रमाईदिउँ,
डोल्पामा काइके मै डोलाईदिउँ,
अपि र सैपालमा सुस्ताईदिउँ,
गरे,
सुन फल्छ साथी,
आउ,
सँगै मिलि,
ती पखेराहरुमा सुनै फूलाईदिउँ।
ती पाखाहरुमा सुनै फलाईदिउँ।।
अतृप्त, अपूर्ण,
जीर्ण, सङ्कृर्ण
प्यासा यी मनहरु,
भोलिको खोजीमा,
समयको भुमरीमा,
आफैँलाई भुलेर, दुनियाँ खोज्दै,
कहाँसम्म हो भाग्ने,
कहाँसम्म लखेटिने,
त्यो,
सुदुर भविष्यको डरले,
सुनौलो आजलाई भुलेर,
कल्पनामा,
कहिलेसम्म हो बाँच्ने,
कहिलेसम्म हो कृत्रिम हास्ने,
यदि,
आज, हिजो हुन सक्छ भने,
आज, भोलि किन हुन सक्दैन,
हे मुर्ख,
भ्रममा छौ तिमी यी शब्दहरुको,
यी गन्तव्यहरुको,
तिम्रो अन्तिम यात्रा त, तिमी आफैँसम्मको हो,
जो सधैँ तिमीसँगै छ,
पख एक छिन,
रोक,
र आफैँलाई हेर,
अनि मुस्कुराउ...!!!