अतृप्त, अपूर्ण, जीर्ण, सङ्कृर्ण,प्यासा यी मनहरु....
उत्तरमा सधैं डटिरहने,
त्यो हिमाल म हुँ,
अनि,
ती निश्चल-कोमल हिमनदी,
मेरा प्रेम-धारा ।
जति-जति बढ्छ खडेरी,
उत्तिकै बढ्छन् यसका,
मुहान सारा ।
-by sUSHIL sUBEDI
सरकार ? मलाई भोक लागेको छ। गरि खान यी बलिया पाखुरा हुँदा हुँदै, तिम्रै आदेशको शोक लागेको छ। मर्नु त एकदिन छदैछ, तर, मर्म कै डरले आज, मानसिक रोग लागेको छ।