'Hello ...?'
'हजुर, कृपा जि बोल्दै हुनुहुन्छ ?'
'हजुर ।'
' म Daraz.comबाट सुजन बोल्दै छु। हजुरको नाममा पार्सल आएको छ। हजुर कहाँ हुनुहुन्छ अहिले ?'
'हजुर, मैले त केही अर्डर गरेको छैन त ?'
' उम्म्, हजुर कृपा कार्की बोल्दै हुनुहुन्छ, बिराटचोकबाट होइन त ?'
'हजुर, हो।'
'नाम र एड्रेस, कोइन्सिडेन्स् भए पनि कन्ट्याक्ट् नम्बर त सायदै नहोला। हजुरले अर्डर नगर्नु भएको भए, हजुरका कोहि कलिग या सिब्लिङ्स् कसैले हजुरको लागि अर्डर गरिदिनुभएको हुन सक्छ नी ।'
'Umm, Okay. तपाई कहाँ हुनुहुन्छ अहिले ? यहाँ आइपुग्न कति Time लाग्छ ?'
'इटहरी छु। आधा घन्टासम्ममा आइपुग्छु। बरु मिल्छ भने हजुर highway तिर निस्किनुस् न है।'
'अँ, म यतै छु। सारङ्गी FM आइपुगेर कल गर्नुस् न।'
'हुन्छ।'
वाह, मेरो आइडियाले काम गर्ला जस्तो छ। मेरो आइडिया, यानिकी थाहै नदिइ उसलाई भेट्ने मेरो कोशिश। देखादेख त पहिला पनि नभएको होइन, hi/hello पनि भएकै हुन्थ्यो तर Date... भन्नी नहालौँ, preplanned meet चाहिँ सायद पहिलो पटक।
कास, उसले पनि पनि मलाई मस्तिष्कभरि सोच्दी हो ! मनभरि सजाउँदी हो! सपनिमा देख्दी हो! अनि विपनिमा खोज्दी हो !
समय त मानसिक सोच बाहेक एक भ्रम मात्र न हो। तीस मिनेट त तीस सेकेन्डमै बित्यो। त्यहाँ आइपुग्दासम्मको Ride, अहँ काँही-कतै कुनै मोड याद छैन। कसरी होस्, मन-मस्तिष्कमा तिमी नै छताछुल्ल छौ। त्यसैले त अर्धचेतन मनको स्वनियंत्रित ज्ञानेन्द्रियको भरमा सारङ्गी FM अगाडि बाइक पार्क गर्न पुगेँ।
मोबाइलको Screenमा औंलाहरु तिम्रो नम्बर Dial गर्न सल्बलाए। Ringing toneमा भन्दा ज्यादा त मेरो मनमा घण्टी बज्यो। त्यो म अगाडिकै गेटबाट तिमी आउछौ भनी मेरा नजर तिम्लाई स्वागत गर्न सिढीसम्म पुगे।
फोन उठ्यो।
"हजुर, आइपुग्नु भयो?"
"हजुर, ट्याकै गेट बाहिर छु।"
"ए, अब त्यहाँबाट दुई किलोमिटर माथी आउनुस् न, म बाटोमै हुन्छु।"
.
.
फोन कट्यो।
स्वागतमा तम्तयार बसेका नयनहरु बिरक्तिए।
फेरि इन्जिन स्टार्ट गरेँ र हुइँकिएँ। थोरै बेरपछि बाटो छेउमा उसकै जस्तो आकृति देखेँ र अलि वरै रोक्किएंँ। सायद उसले मलाई देखि या संयोगबस् मेरो मोबाइलमा उसैको नामको कलिङ डिस्प्ले भयो। फोन उठाएँ।
"हजुर कहाँ आइपुग्नु भयो?"
"एउटा स्कुल अगाडि छु।"
"ए, मैले देखेँ क्यार हजुरलाई।"
अघि देखिएको आकृति वास्तविकतामा परिणत भयो।
उहीँ रुप, उहीँ रङ्ग, उहीँ स्वभाव, उहीँ लचकता........!
हेल्मेट थियो, त्यसैले त नजिकै आइपुग्दा पनि उसका आँखाले अपरिचितलाई झैँ नजर डुलाईरह्यो ।
मसँग एउटा सनो झोला थियो।
"Happy Birthday Luri."
यत्ती भनेर त्यो झोला उसकै जिम्मा लगाएँ।
त्यो झोलामा के छ भन्दा पनि मेरो वाक्य र म को हुँ भन्नेमा उसको बढी ध्यान थियो। मैले हेल्मेट फुकालेँ। उसका ती गालजु नयनसँगै हलुका लाली पोतिएको ओठमा प्रेमिल मुस्कानको लर्को लाग्यो।
"तिमी पो ...!"
"हजुर" सायद मेरो आवाजमा थोरै मुस्कान मिसिएको हुँदो हो।
"गज्जबको Surprise दियौ नि तिम्ले। कसरी थाहा पायौ मेरो Birthday आजै हो भनेर ?"
"हेहे।"
.
.
.
भन्न त धेरै मनमा थियो। तर जिन्दगी पनि त पुरै बाँकी छ। जिन्दगीभर छेवैमा बसेर तितामिठा बात मारम्ला नि हुन्न ?
थोरै कुरा, थोरै मुस्कान, थोरै सहजता, थोरै असहजता अनि अल्लि धेरै मनभित्रको खुल्दुली पछि उ फर्किने कुरा गरि।सँगै बसेर मनका बह पोख्दै कफी पिउन उदारो नै रह्यो, सायद अर्को भेटलाई बाटो राखेकी होलि...। म पनि फर्केँ।
साँझ उसको InstaStory थियो, "What A Lovely Gift ! Thank You ." अनि पछाडी ब्याकग्राउन्डमा त्यै सानो झोला भित्रको किताब।
#Dedicated