Sunday, January 31, 2021

डियर जिन्दगी

 


यो शहरमा,
यो भीडमा,
यो झिलमिलमा,
हर पल खोजिरहेछु,
जो,
सधैँ-सँगै आफैँसँग थियो,
जिन्दगी ..................!!

Friday, January 29, 2021

Do You Love mee !??

 









दिनलाई त सजिलो छ ढाट्न,
तर रात,
यो रात, हर एक क्षणको साक्षी छ।
उफ्,
कसरी भनुँ तिमीलाई,
मन भरि तिमी हुँदा, आँखा भरी आँसु आएको कुरा।
तिम्रै तस्बिर हेरि, सारा रात जागा भएको कुरा।
के ?
तिम्रा कुनै रातमा,
तिम्रा कुनै बातमा,
तिम्रा कुनै सपनिमा, म आइन ????

Tuesday, January 12, 2021

जिन्दगी


तिमी, प्रेमिल वर्षातको कुरा गर्छौ। आफ्नो यहाँ, सारा समुन्द्र खन्याउँदा पनि नभिज्ने साहारासरि  भएको छ जिन्दगी।