भिन्न भिन्न सुदुर गन्तव्यका पदयात्रीहरुझैँ,
केही समय सँगै यात्रा गर्न आइपुगेका सहयात्री न हौँ हामी, साथि,
जसरी पोखरा धुमेर छुट्टिन्छ्न्,
अन्नपूर्ण, धौलागिरी जाने पथयात्रीहरु,
त्यसरी नै आफ्नो गोरेटो मोडिएपछी मोडिनै पर्यो सथी ,
म कतै निर्जन परायहरुको माझमा,
तिमी कतै वासनाका मुर्तिहरुको साथमा,
आफ्नो आफ्नो गन्तव्य पछ्याउँदै ,
जिन्दगीको कुनै घुम्ती फेरि सँगै मोडिएछभने,
त्यै मोडको चौतारामा,
हैनभने मसानघाटका दोभानामा ,
हाम्रो भेट पक्कै हुनेछ साथी,
त्यतिन्जेलका लागी मिठो सम्झना ...✏️


