म भविष्य खोज्दै, बर्तमन भुलेर,
सुन खोज्दै हिरालाई नचिनेर
आफैँबाट टाढा, आफैँलाई खोज्दै
लाग्छ म हराइरहेछु ,
भौतारीदैँ, खोज्दैँ
लड्दै उठ्दै, फेरि लड्दै
थाहा छैन, गन्तव्य कहाँ हो?
थाहा छैन, गोरेटो कुन हो ?
पुग्नु कहाँ, कसरी ?
अतितको उल्झनमा, समय ब्यतित गर्दै,
हराउँदै खोज्दै, कहाँसम्म हो भाग्ने ?
यो भागम्भाग, डौडाडौड ,
नियतिको खेल कि निर्णयको ?
जती टाढा भागेपनी आफैँबाट भागिन्छ र?