Janmadinko shubhakamana timilai,
Audodinko shubhakamana timilai,
Asim gantabyako, Yatra jindagiko,
Sahayatrako shubhakamana timilai.
अतृप्त, अपूर्ण, जीर्ण, सङ्कृर्ण,प्यासा यी मनहरु....
Janmadinko shubhakamana timilai,
Audodinko shubhakamana timilai,
Asim gantabyako, Yatra jindagiko,
Sahayatrako shubhakamana timilai.
समयको वेग भनौं या पिरतीको खेल,
जिन्दगीको वेग भनौं या आत्मियताको मेल,
मानौँ असिम ब्रह्माण्डको सिमितताभन्दा निकै पर,
जादुमय तिलश्मी प्रकाश झैं, सहयात्राको प्रेमिल भेल।
न घाम, न छाया,
न रङ्ग, न बिरङ्ग,
न गोरेटो, न गन्तव्य,
जिन्दगी यस्तो कि
कुइरोमा रुमल्लिएको काग जस्तो
बिच मदिना तैरिरहने डुङ्गा जस्तो
खै कस्तो कस्तो
मिलेर पनि केही नमिले जस्तो
पाएर पनि केही गुमाए जस्तो
भएर पनि नभए जस्तो
यस्तो,
जल्दै गरेको चितामा जीवन फर्की आए जस्तो ।
हिमालका जरा रसाएर,
बगेको,
अमृतको एक-एक बुँद,
सारा मरुजनहरुलाई चखाईदिउँ ।
हिमालको खाजा,
अनि, पहाडको खानापछी,
धनगढीको,
'लु'मा सेकाईदिउँ।
झापामा धानका बाला झैँ झुलाईदिउँ,
चितवनमा गैंडामै गुडाईदिउँ,
दोधाराको झोलुङ्गोमा झुलाईदिउँ,
बर्दियाको बाघमै चढाईदिउँ,
देउडामा दौडाइदिउँ,
सोरठी र मारुनी नचाईदिउँ,
रोदिमा रत्याईदिउँ,
हाक्पारेमा हर्षाईदिउँ,
हिमालमा मात्र हैन साथी,
पशुपति र लुम्बिनी मात्र किन ?
पोखरा त पुरानै भयो।
अब,
गढिमाईमा गुढिदिउँ,
जनकपुरलाई जगाईदिउँ,
ओलाङ्चुङगोलामा उक्लिदिउँ,
रुबिमा रमाईदिउँ,
डोल्पामा काइके मै डोलाईदिउँ,
अपि र सैपालमा सुस्ताईदिउँ,
गरे,
सुन फल्छ साथी,
आउ,
सँगै मिलि,
ती पखेराहरुमा सुनै फूलाईदिउँ।
ती पाखाहरुमा सुनै फलाईदिउँ।।
अतृप्त, अपूर्ण,
जीर्ण, सङ्कृर्ण
प्यासा यी मनहरु,
भोलिको खोजीमा,
समयको भुमरीमा,
आफैँलाई भुलेर, दुनियाँ खोज्दै,
कहाँसम्म हो भाग्ने,
कहाँसम्म लखेटिने,
त्यो,
सुदुर भविष्यको डरले,
सुनौलो आजलाई भुलेर,
कल्पनामा,
कहिलेसम्म हो बाँच्ने,
कहिलेसम्म हो कृत्रिम हास्ने,
यदि,
आज, हिजो हुन सक्छ भने,
आज, भोलि किन हुन सक्दैन,
हे मुर्ख,
भ्रममा छौ तिमी यी शब्दहरुको,
यी गन्तव्यहरुको,
तिम्रो अन्तिम यात्रा त, तिमी आफैँसम्मको हो,
जो सधैँ तिमीसँगै छ,
पख एक छिन,
रोक,
र आफैँलाई हेर,
अनि मुस्कुराउ...!!!
ए हावा,
तँ त उनकै छेउ भएर बहन्छ्स् नि,
सुनाईदे न उनलाई,
कि
कोहि छ
उनको पनि यो संसारमा,
जो उनलाई
यत्तिका हदसम्म प्यार गर्छ।
सङ्क्रमण होउ
मेरो मुटुमा
र
लाइदेउ घाउ प्रेमको
जो
निको नहोस् कहिल्यै,
र
दुखोस् सुस्तरी
तबसम्म
जबसम्म तिम्रो हृदयको कोमलतालाई स्पर्श गर्दैन यो घाउले,
जबसम्म तिम्रो प्रेमिल मल्हमको आभास गर्दैन यो घाउले।
बिचरा म
मेरो के दोष
पापी त यो मन रहेछ,
अनायासै ,
जो-कोहिलाई मन, पराइदिन्छ।
काली होस् , या गोरि होस्,
अग्लि होस्,या पातली होस्,
यी
नजरले देखिदिन्छ,
मस्तिष्कले सोचिदिन्छ,
अनि मन,
यो मनले पनि मन पराइदिन्छ,
बिचरा म
मेरो के दोष
पापी त यो मन रहेछ,
अनायासै ,
जो-कोहिलाई मन, पराइदिन्छ।
रुपवाली होस्, या गुणवाली होस्,
मनवाली होस्, या धनवाली होस्,
यी
नजरले देखिदिन्छ,
मस्तिष्कले सोचिदिन्छ,
अनि मन,
यो मनले पनि मन पराइदिन्छ,
बिचरा म
मेरो के दोष
पापी त यो मन रहेछ,
अनायासै ,
जो-कोहिलाई मन, पराइदिन्छ।
कलेजमा बस्दा होस्, या क्याफेमा पस्दा होस्,
मन्दिरमा छिर्दा होस्, या तक्दिरलाई पिर्दा होस्,
यी
नजरले देखिदिन्छ,
मस्तिष्कले सोचिदिन्छ,
अनि मन,
यो मनले पनि मन पराइदिन्छ,
बिचरा म
मेरो के दोष
पापी त यो मन रहेछ,
अनायासै ,
जो-कोहिलाई मन, पराइदिन्छ।