Thursday, February 18, 2021

किन ...?


 









कसरी थाहा हुन्छ हँ ?
त्यो लज्जावतिलाई साझँ परेको ...
कसरी थाहा हुन्छ हँ ?
त्यो शिरीषको डाली-डालीलाई साझँ परेको ...
अँ, साच्चै ..?
साँझ पर्छ किन ?
विज्ञानका ज्ञाताले जवाफ देलान्...
पृथ्वी घुम्छ । त्यसैले ...
यदि,
यदि त्यस्तो हो भने ...?
हर-साँझ उनकै यादले सताउँछ किन .........?

Sunday, February 14, 2021

फूल


 






फूल देखेर त,
हर-कोहिलाई डाहा जाग्ला ....!
परन्तु,
फूल्नुमा कति पीडा छ...
शरदको फूललाई सोध।

मेरो जिन्दगी,
त्यो शरद झैँ थियो।
जहाँ तिमी आएर फुलिदियौ।