Thursday, March 28, 2019














सयौं मान्छेहरूको भिडमा,
म,
एउट झुत्रे,
कहाँ भासिएको छु?
म आफैलाई पत्तो छैन।
दुनियाँ, भविष्य खोज्दै,
कोशौँ टाढा पुगेका बेला,

आफैदेखी हराइरहे छु।

थाहा छैन,

के खोज्न निस्किएर,
केमा अल्झिरहेछु ।
या
मलाई के ले अल्झाइरहेछ ।
बस्
मलाई यत्ती थाहा छ,
म अल्मलिरहेछु।

सपना त,
मै पनि देख्दथेँ,
यसरी ,
त्यसरी,
खै कसरी?
दुनियाँलाई जित्ने।
तर सपना,
साकार त, ति भाग्यमानिको मात्र हुन्छ,
मलाई त,
छैटिले नै अभागी लेखिदिएको।

गाडी चढ्ने, हैसियत नभएर,
कत्ती पटक,
हिँडेरै गल्ली छिचोलेको छु।
खाना खाने, औकात नभएर,
कयौं पटक,
पानीको घुट्कोले छाक टारेको छु।
डेरा भाडा तिर्ने क्षमता नभएर,
सयौं पटक,
स्वयम्भूको बलेसिमा रात काटेको छु।
अनि,
दुई शब्द बिकाउने आँट नभएर,
हजारौं पटक,
नखाएको विषले मातेको छु।

म येस्तै छु,
न गोजिमा दाम छ,
न भान्सामा माम छ ।
न चिनेजानेका आफन्त बडा छन्,
न आफ्नो भाग्य कडा छ।

म त,
गरिबीले पेलिएको,
अभावले सेकिएको,
भोकमरीले चेपिएको,
दुनियाँले हेपिएको,

आफैंद्वारा पिछडिएको।
कसैको खास नभए पनि,
आफ्नै आश नमारेको ।
आशै-आशको लहराले,
जिन्दगीको टहरा बुन्दै गरेको।
एक आम नेपाली !!!

No comments:

Post a Comment