Saturday, December 14, 2019

जय बम भोले


प्रसाद न हो अलिकति चाख्या,
ईश्वरको मान-मर्यादा पो राख्या,
सारा जगतको सृष्टि गर्ने तत्व,
मैले तान्दा के विनाश भो ?
के गरेँ तेस्तो?
र सत्यनास भो??
प्रकृतिक देनको,
उपयोग न गर्या हुँ मैले,
त्यै cigarette को,
खोलमा न भर्या हुँ मैले,
मुसुक्क हासेर खुसुक्क,
मित्रता गाँसेपछी,
त्यो खोल भित्रको जन्तुसँग
सारा संसारलाई जित्छु भने
म किन हाँरु???
पशुपतिको डिलमा होस्
या नागार्जुनको भिरमा,
भगवान् त सबै तिर हुन्छन् होला नी,
अनि किन?
पशुपतिका चै सन्त जिवन्त
म यहाँको चै आतंक ??


Thursday, July 11, 2019

प्रिय अपरिचित

प्रिय अपरिचित,

थाहा छैन,
तिमी को हौ ?
थाहा छैन,
कहाँ छौ ?
मेरो दिलको,
कुनामा लुकेर बसेकी छौ ?
की,
यी आखाको,
नानीमा बसाइँ सरेकी छौ ?
तिमी जो हौ ,
तिमी जहाँ हौ,
यो मनमा आईरहन्छौ ।
मानसपटलमा छाहिरहन्छौ ।
त्यसैले त,
तिम्रै यादमा मद्दहोस् हुन्छु आजकाल !!

Saturday, June 29, 2019

मन

तिमीलाई
देब्रे छातीमाथि अङ्गालेर
खुल्ला तारामण्डलको छानोमुनी
सुस्ताउन मन छ, केहि बेर
अनि
सङ्गेल्न मन छ
त्यो हृदयको खोंचभित्रका
तिता, अमिला, गुलिया, पिरा छलनहरु,
ता की
फेरि कुनै दिन
हृदयका ती छालहरु
तिम्रो मस्तिष्कमा
सुनामी बनेर नछाइदिउन्, नछोइदिउन् ।

Tuesday, May 14, 2019

धड्क धड्क



तेहि दिन थियो, जुन दिन यो धड्कन धड्क धड्क धड्केथ्यो।। त्यो दिन, जब मैले तिमिलाई भेटे थ्ये। यो धड्कन धड्क धड्क धड्के थ्यो। न त तिमिले मलाई चिने थ्योउ न त मैले नै तिमिलाई।। तर पनि यो धड्कन धड्क धड्क धड्के थ्यो। अज खास कुरो त , जुन कक्षामा मेरो नाम थ्यो । त्यहि कक्षामा उसको पनि नाम थ्यो।। अनि फ़ेरि यो धड्कन धड्क धड्क धड्के थ्यो।। एकछिन त लाग्यो, भगवान स्वयम् पनि हामिलाई मिलाउन लागे थ्यो।। प्रेमको आभास दिलाउन लाग्ये थ्यो।। अनि फेरि, यो धड्कन धड्क धड्क धड्के थ्यो।। मेरा आँखाले उसका अनुहारमा बारम्बार हेरे थ्यो। जवाफमा उसका आँखाले पनि, म तर्फ पुलुक्क हेरे थ्यो।। अनि फेरि, यो धड्कन धड्क धड्क धड्के थ्यो।। जब यो मनले त्यो मनलाई क्यानटिन्मा भेटे थ्यो। उसका कानैमा पर्ने गरि एउटा सब्द फ्याट्ट भने थ्यो। कति राम्री छौ है तिमी, हेरि रहु लाग्ने। अब त उस्को धड्कन धड्क धड्क धड्के थ्यो।। जब तिम्रा ती,क्याट्बेरी ओठहरुले केही कुरा उचारण गर्न लाग्दै थ्यो। त्यतिनैबेला, तिम्रो त्यो नखरमौलो साथी टुप्लुक्क आईपुगे थ्यो।।
अनि फेरि, तिम्रो धड्कन धड्क धड्क धड्के थ्यो।। त्यो दोस्रो दिन, जब उसका हातले मेरा हातलाई ह्यन्ड्शेक गरेको थ्यो। मलाई याद छ त्यो दिन, जुन दिन मेरा हातमा हजारौं भोल्ट्का करेन्टहरु दौडे थ्यो। अनि फेरि, यो धड्कन धड्क धड्क धड्के थ्यो।। जब ती घुमाउरा कपालले, तिम्रा कोमल गालालाई स्पर्श गर्दै थ्यो। तेसै त यो मनलाई , त्यो घुमाउरो कपाल देखेर निकै डाहा भैईरहे थ्यो। अनि फेरि, यो धड्कन धड्क धड्क धड्के थ्यो।। एकदिन त उ , मेरो बेन्चमा सँगै आएर बसेथ्यो। अनि थाहा छ, हाम्रो प्रेमको सुरुवात त्येसै दिन बाट भए थ्यो। अनि फेरि, यो धड्कन धड्क धड्क धड्के थ्यो।।




Thursday, March 28, 2019














सयौं मान्छेहरूको भिडमा,
म,
एउट झुत्रे,
कहाँ भासिएको छु?
म आफैलाई पत्तो छैन।
दुनियाँ, भविष्य खोज्दै,
कोशौँ टाढा पुगेका बेला,

आफैदेखी हराइरहे छु।

थाहा छैन,

के खोज्न निस्किएर,
केमा अल्झिरहेछु ।
या
मलाई के ले अल्झाइरहेछ ।
बस्
मलाई यत्ती थाहा छ,
म अल्मलिरहेछु।

सपना त,
मै पनि देख्दथेँ,
यसरी ,
त्यसरी,
खै कसरी?
दुनियाँलाई जित्ने।
तर सपना,
साकार त, ति भाग्यमानिको मात्र हुन्छ,
मलाई त,
छैटिले नै अभागी लेखिदिएको।

गाडी चढ्ने, हैसियत नभएर,
कत्ती पटक,
हिँडेरै गल्ली छिचोलेको छु।
खाना खाने, औकात नभएर,
कयौं पटक,
पानीको घुट्कोले छाक टारेको छु।
डेरा भाडा तिर्ने क्षमता नभएर,
सयौं पटक,
स्वयम्भूको बलेसिमा रात काटेको छु।
अनि,
दुई शब्द बिकाउने आँट नभएर,
हजारौं पटक,
नखाएको विषले मातेको छु।

म येस्तै छु,
न गोजिमा दाम छ,
न भान्सामा माम छ ।
न चिनेजानेका आफन्त बडा छन्,
न आफ्नो भाग्य कडा छ।

म त,
गरिबीले पेलिएको,
अभावले सेकिएको,
भोकमरीले चेपिएको,
दुनियाँले हेपिएको,

आफैंद्वारा पिछडिएको।
कसैको खास नभए पनि,
आफ्नै आश नमारेको ।
आशै-आशको लहराले,
जिन्दगीको टहरा बुन्दै गरेको।
एक आम नेपाली !!!

Tuesday, March 26, 2019

"म भित्रको म "



म जिर्णशार्ण बिभक्त-बिभक्त मस्तिष्क र अङ्ग लिएर बेंशी र खोंचमा सुनगाभा रोप्दा कालो गोमनको डँसाईले मेरा पाऊहरु अनी हातहरु बिषाक्त छन, मेरा पाईला अनी हातहरु छियाँ छियाँ खिईदै म अस्तित्वहिन , अस्थिपञ्जर सदृशताको उच्चारण निकाल्न खोज्छु, कालकुटले ग्रसित मेरा बाक्यहरु शुन्यतामा अधिर हुन्छन, दुर्दशाको चोमोलुङ्मा मै माथी खस्दा मेरा लाश लुछन जोपिलोटहरु मै माथी फनफनी घुमिरहेका छन, मेरा लागी सुग्राहिता भित्र बग्ने ह्वाङ्हो पनि साहारा मरुटटको छातीमा, कोलाहल बिहानीसँगै बिलिन र बिसर्जित हुँदै आइहेछ बिक्षुब्ध दुर्बल म मेरा भित्ताहरुमा आस्थाका बुद्द टाँसी माइलादाईको देशभक्ती स्वरमा मैले स्वर खाप्दा मेरा वरिपरि "छैयाँ-छैयाँ र मैयाँ- मैयाँ" धुनहरु गुञ्जयमान हुन खोजीरहेछन, त्यसैले आज म एउटा प्रणयको भिख माग्दैछु, मानचित्रको नक्सा कोर्ने ति चित्रकारहरुसँग कृपया मेरो शरिरको चित्र कोरिदेऊ, मेरा अस्थिपञ्जरको कुनै त्रुटी नदेखियोस,, ताकी भोलीका मेरा सन्ततीहरुले मलाई लङ्गडो नदेखुन पाऊ र हात बिहिन बाबुको सन्तती भनेर, मेरा युगान्तकारी हाडहरुको यस्तो चित्र कोरीदेउ जहाँ म टुक्रीएर गए पनि मेरा तस्बिर मेरा चित्रहरु सगल्ती ति मेरा सन्ततीका भित्ताहरु टाँगिएर रहुन।

by Manish Bhandari

Monday, March 25, 2019

प्यार



परेलिमा डुबि हेरेँ,
पाएन प्यार कतै ,
मुटुभित्र लुकि खोजेँ,
छाएन प्यार कतै ।
दोबाटोमा कुरिरहेँ,
तिम्रो बाटो हेर्दै,
तिम्रै लागी पर्खीरहेँ,
लाइन प्यार कतै ।

Sunday, March 24, 2019

म बेश्या रे




ओ हेलो

आउनुस् जाउ ,पाच सय दिए पुग्छ!
कसैले तेरो शरिरको मुल्य कति भनेर सोध्दा म पाच सय भन्न सक्छु ।।
म सङ्ग पाच सय देखी पाच हजार सम्मका ग्राहक छन् !
कोही एक बोतल बियर अनि एक प्लेट सेकुवाका ग्राहक!!
कोही Disco लग्ने ग्राहक!
म हरेक रात फरक फरक मान्छेसङ्ग हुन्छु *
धेरैले चिन्छन् मलाई तर पनि म एक्लो छु
उ कति पवित्र छ,
जो रातमा मसङ्ग सुतेर गयो!
उसलाई दिउसो Office मा नमस्कार सर भन्छन्
जो रातमा मसङ्ग यौन तृष्णाको पुजा गरेर गयो
उसलाई दिउसो मन्दिरमा पुजारी बा भनेर पुज्छन् ।।
जो रातमा मसङ्ग शरिरको राजनिती गरेर गयो,
उसलाई दिउसो जनताले सलाम नेताजी भन्दै नमस्ते ठोक्छन
जो राती मसङ्ग भाउको मोलतोल गरेर गयो,
उसलाई दिउसो ग्राहक साउजी भन्छन्।।
तर मलाई बेष्या भनेर चिन्छन् ,अनि म अपवित्र छु।।
म मेरो शरिर बेचेर,
छोराको कलम किन्छु
म मेरो रात बेचेर छोरीको उज्यालो भविष्य किन्छु
म मेरो सास बेचेर आमाको आयु किन्छु।।
म आफै बेचिएर साझको एक गास किन्छु।।
म पढेकी छैन,
तर जीवन धेरै बुझेकी छु !
आफ्नो सिन्दुरको रङ्ग उढेको वर्षौ भैगो,
जब बिहे भएको चार वर्षैमा घरबाट निकालिए!
तर पनि यो रङ्ग उढेको जीवनले ,छोरा छोरीलाई जीवनको रङ्ग किन्न !
म बेश्या बने,
म आफ्नो लागी मरको त उहिलै हो
ए पुरूष हल्ला नगरिदेउ,
जुन दिन मेरा छोरा छोरीले सुन्नेछन् !
म सबैको लागी मर्नेछु,
सबैका लागी !
सधैका लागी !!


By:- Manish Bhandari.

Saturday, March 23, 2019

किन आज झस्काउछ, यो तस्वीरले पनि।




कुनै बेलाका वर्तमान ती,
आज अतित बनी,
आइदिए सम्झनामा,
पुराना ती याद बनी,

सङै झुमेका रमेका,
उत्कृष्ट ती पल अनि,
किन आज झस्काउछ ,
यो तस्वीरले पनि ।।।

चौताराका कसमहरु,
कहिल्यै नछुट्ने बाचा,
सम्झनिमा आइरन्छन्,
झक्झक्याउछन् आज,

अबोध त्यो चञ्चलताको,
अन्जान त्यो प्रेम अनि,
किन आज झस्काउछ,
यो तस्वीरले पनि ।।।

त्यो टोल, त्यो गल्ली,
ती साथिहरुमाझ तिमि,
सपनिमा आकि थियौ,
बिर्सियौ की भनी,
सम्झाउन अनि,
किन आज झस्काउछ,
यो तस्वीरले पनि ।।।

कहाँ पुर्यायो समयले,
कहाँ पुग्यौ तिमि आज,
साच्चै गाह्रो हुन्छ भुल्न,
पहिलो प्रेम मुटुमाझ,

मुस्कुराइरहेछौ तस्वीरमा,
बसेर त्यो टेबलमाथी,
किन आज झस्काउछ,
यो तस्वीरले पनि।।।

Thursday, March 21, 2019

सपनाकी रानी

रूपवती गुणवती हिउँजस्तै गोरी ,
चाइया छ एउटी उच्च घरानाकी छोरी ।

घरीघरी रीसाएनी अलिअलि लजालु,
सोर्हसिगार धेरै हैन तर थोरै गाजलु।

रुप भन्दा पनि उन्को स्वभाव होस् उच्च ,
मस्तिष्क होस् तेज अनि हृदय चै स्वच्छ ।

वेफुर्सदको समयमानी मन चोरी लाने,
माइत धेरै नधाएर घर गरि खाने

जस्तै दु:ख परेपनी बस्ने आफ्नै घरमा,
औँशी पछि फेरि अर्को पुर्णिामाको भर्मा।

नेपालकी चेली उनी देशभक्ती भाव,
गल्ती होला कहिलेकाही पाउँ सधैं माफ ।

चन्चलताले ओतप्रोत मायाकी खानी,
भेट्टाउने छु एकदिन त सपनाकी रानी ।

Wednesday, March 20, 2019

मेरो देश

हिमालको शिरमुनी,पहाडको छाती भित्र,
हृदय भइ बसेको छ,मेरो देशको मानचित्र।

मेची,कोशी धमनी हुन्,काली,राप्ती शिरा,
रारा,तिलिचो मुटु मेरो,छछल्कीरहेछ फेवा।

सुदुरले डेउढा गाउँदा ,मर्काउँछ कम्मर झापा,
चार जात छतिस् वर्णको,फुलबारी यो साझा।

एकै पथमा अघि बढ्ने, सयथरीका गोडा,
आफ्नै ढङ्गका चलन यँहाका, रितिथिती बडा।

गर्वगर्छु इतिहासको , अमर छ यो देश ,
सुन्दर ती फाँटहरुको प्यारो लाग्छ मदेश ।

गजल

किन आउछ पृयसी ,तिम्रो निकै याद अचेल ,
ठेस लाग्दा छैन ,समाउने हात अचेल ।

मगज मेरो शुन्य हुन्छ ,सम्झनामा तिम्रा तस्बिर ,
अनिदोनै बित्ने गर्छ , मेरा निकै रात अचेल ।

आए एक्लै जान्छु एक्लै,२दिनको जिन्दगीमा,
पुरागर्ने कोइ छैनन् ,टुटेको यो साथ अचेल ।

के लेख्या छ मेरो,के छ भाग्य पुर्पुरोमा,
आफैलाइ भारी लाग्छ,आफ्नो नै माथ अचेल ।

बाँस छ यहाँ , बेरोजगारीको छहारिमा ,
साझबिहान गाह्रो भा छ,जुटाउन भात अचेल।

लोभी पपि विकृतिको,बेसरमको दुनियाँमा ,
जोगाउनै गरो भा`छ,थोरै भको लाज अचेल।

Tuesday, March 19, 2019

सपनाकी रानी

सपनाकी रानिलाई
बिपनिमा भेटेको थेँ,
मन्छेहर्को भिड भित्र
उनिलाई देखेको थेँ।

निर्वाद बहकिएको
उनको त्यो नजरबाट,
चुपचाप लुकिछिपी
उनैलाई हेरेको थेँ।

धेरै बटुलेँ आटँ तर
नसके सि बोल्नलाई,
जता गयो उनकैपछि
अन्जान भै हिडेको थेँ।

अनायासै पाइला रोकि
फर्किएर हेरेपछि ,
अचानक उनकामेरा
आखाँहरु जुदेका थे।

लजालु नजरको
दरलाग्दो वारपछि ,
उनका लागि एक झल्को ,
मुस्कान मैले फालेको थेँ ।

सानी

झर्झर्-झर्झर् झर्ने सधैं,
झरनाको पानीको,
धेरै पर्खेँ तर पनि,
Reply आएन सानिको ।

बेफुर्सदी समयमानी,
धाउने मेरो बानिको,
फाइदा उठाइ त्यसैले,
आज आफैंलाई हानी भो।।

मुटुमा थि ऊ मेरो,
अझै यि आँखाकि नानी हो,
यस्तै छ साथी हाम्रो,
अधुरो प्रेम कहानी यो ।।।

प्रेम

प्रेम जस्लाई गर्दथ्यो ऊ,
अर्कैकी रैछे थाहा पायो र पो,
जीउँदै लास भएकोछ ऊ,
प्रेममा धोका पायो र पो।

गाउँबाट सहर झरेथ्यो ,
सहरिया ठिटिको जालमा परेथ्यो,
बाहुनको छोरोले ह्विस्की चाख्याथ्यो,
रोधिघर छोडी डिस्कोमा छिरेथ्यो ।।

"अहो गल्ती गरेछु " थाहा भयो,
अब प्रायस्चित गर्ने चाह भयो,
दुखबाट मुक्ति पाइने थाहा भयो,
झट्टै सुसाइड् गर्ने चाह भयो ।।।💔💔💔💔

Sunday, March 17, 2019

अरे

राइलिम्बुको face नै beauty थेप्चो अलि नाक अरे ,
दिलमा बसि त्यस मोरि त मन हर्ने भाकाहर्ले ।

बाउनी चै अलि लोभी क्षत्रीनि चै जाली अरे,
बियापछी स्वास्नी भन्दा मन मिल्ने साली अरे ।

उत्तरकी आल्लि गोरि दक्षिणवाली काली अरे,
मनमा बसेकी त्यै काली चै अल्लि दिलवाली अरे ।

नेवार्निको बोली मीठो शेर्पिनिको गाला अरे ,
अमर प्रेमको चिनो दिनो दिनु हातमा लाउने बाला अरे।

तामङ्ग्निको रुपै राम्रो चिम्रा अलि आँखा अरे ,
उनकालागी म त हजुर मन चोर्ने डाका अरे ।

म र उ


यो शहरको कुनै चेपमा,
नाम र दामको फेदमा,
बसेर
त्यो छाहारी नियालिरहेछु,
कत्ती स्वतन्त्र भएर बयलिरहेछ,
मानौँ,
हिजो उसले गरेका हत्या, हत्या हैनन्,
दैनिकी बनेको भ्रष्ट जागिर, उसको धर्म हो,
हत्या,हिंसा,बलात्कार,धम्की,लुटपाट,
अँह, उसले केहि गरेकै छैन।
किनकि,
किनकी, उसँग नाम छ, दाम छ
उसका लागी यो सब छुट,
नियम र कानुन मेरा लागी न हो ।
म गरिब, पीडित र मुर्ख ,
उसले जति नाम र दाम कमाउन नसकेको ।
साँझ-बिहान दुई छाक टार्न,
प्रीयसिको मुहारमा एक धर्सो मात्र खुसी किन्न,
कलिलो छोरोको घाटी भिजाउन,
कखरा, साँवै र कान्धानी चिनाउन,
दिनरात पसिना बगाउनु पर्ने ।
कति बसन्त पार गरेँछु, नगनी,
रातदिन करङ्ग धसाँउनु पर्ने ।
हो, म गरिब, पीडित, मुर्ख ,
उसले जसरी मान्छेलाई,
चिप्लो घसेँर हसाउन जान्दिँन ।
आशै-आशको आश्वासनमा,
फसाउन जान्दिँन ।
तर,
बिन्ती गर्छु कि,
उसको नाम र दामको आडमा,
कसैले मेरो रोजी-रोटी नखोसिदेओस्,
मेरो परिवारको दुई मुठी खुसी नखोसिदेओस् ।