म
यो शहरको कुनै चेपमा,
नाम र दामको फेदमा,
बसेर
त्यो छाहारी नियालिरहेछु,
कत्ती स्वतन्त्र भएर बयलिरहेछ,
मानौँ,
हिजो उसले गरेका हत्या, हत्या हैनन्,
दैनिकी बनेको भ्रष्ट जागिर, उसको धर्म हो,
हत्या,हिंसा,बलात्कार,धम्की,लुटपाट,
अँह, उसले केहि गरेकै छैन।
किनकि,
किनकी, उसँग नाम छ, दाम छ
उसका लागी यो सब छुट,
नियम र कानुन मेरा लागी न हो ।
म गरिब, पीडित र मुर्ख ,
उसले जति नाम र दाम कमाउन नसकेको ।
साँझ-बिहान दुई छाक टार्न,
प्रीयसिको मुहारमा एक धर्सो मात्र खुसी किन्न,
कलिलो छोरोको घाटी भिजाउन,
कखरा, साँवै र कान्धानी चिनाउन,
दिनरात पसिना बगाउनु पर्ने ।
कति बसन्त पार गरेँछु, नगनी,
रातदिन करङ्ग धसाँउनु पर्ने ।
हो, म गरिब, पीडित, मुर्ख ,
उसले जसरी मान्छेलाई,
चिप्लो घसेँर हसाउन जान्दिँन ।
आशै-आशको आश्वासनमा,
फसाउन जान्दिँन ।
तर,
बिन्ती गर्छु कि,
उसको नाम र दामको आडमा,
कसैले मेरो रोजी-रोटी नखोसिदेओस्,
मेरो परिवारको दुई मुठी खुसी नखोसिदेओस् ।
Nice bro keep it up 😊😊😊
ReplyDeletethank u for comment 😊😊
ReplyDelete