ओ हेलो
आउनुस् जाउ ,पाच सय दिए पुग्छ!
कसैले तेरो शरिरको मुल्य कति भनेर सोध्दा , म पाच सय भन्न सक्छु ।।
म सङ्ग पाच सय देखी पाच हजार सम्मका ग्राहक छन् !
कोही एक बोतल बियर अनि एक प्लेट सेकुवाका ग्राहक!!
कोही Disco लग्ने ग्राहक!
म हरेक रात फरक फरक मान्छेसङ्ग हुन्छु *
धेरैले चिन्छन् मलाई , तर पनि म एक्लो छु
उ कति पवित्र छ,
जो रातमा मसङ्ग सुतेर गयो!
उसलाई दिउसो Office मा नमस्कार सर भन्छन्
जो रातमा मसङ्ग यौन तृष्णाको पुजा गरेर गयो
उसलाई दिउसो मन्दिरमा पुजारी बा भनेर पुज्छन् ।।
जो रातमा मसङ्ग शरिरको राजनिती गरेर गयो,
उसलाई दिउसो जनताले सलाम नेताजी भन्दै नमस्ते ठोक्छन
जो राती मसङ्ग भाउको मोलतोल गरेर गयो,
उसलाई दिउसो ग्राहक साउजी भन्छन्।।
तर मलाई बेष्या भनेर चिन्छन् ,अनि म अपवित्र छु।।
म मेरो शरिर बेचेर,
छोराको कलम किन्छु
म मेरो रात बेचेर छोरीको उज्यालो भविष्य किन्छु
म मेरो सास बेचेर आमाको आयु किन्छु।।
म आफै बेचिएर , साझको एक गास किन्छु।।
म पढेकी छैन,
तर जीवन धेरै बुझेकी छु !
आफ्नो सिन्दुरको रङ्ग उढेको वर्षौ भैगो,
जब बिहे भएको चार वर्षैमा घरबाट निकालिए!
तर पनि यो रङ्ग उढेको जीवनले ,छोरा छोरीलाई जीवनको रङ्ग किन्न !
म बेश्या बने,
म आफ्नो लागी मरको त उहिलै हो
ए पुरूष हल्ला नगरिदेउ,
जुन दिन मेरा छोरा छोरीले सुन्नेछन् !
म सबैको लागी मर्नेछु,
सबैका लागी !
सधैका लागी !!

By:- Manish Bhandari.
No comments:
Post a Comment